अण्डा निकासी हुन नसक्दा कृषक समस्यामा

अण्डा बोक्ने गाडीलाई पास चाहिँदैन : प्रजिअ

  नारायण भण्डारी

 1085 पटक हेरिएको

तुलसीपुर ।
नोबेल कोरोना भाइरसको संक्रमण फैलन नदिन गरिएको बन्दा बन्दीका कारण कुखुराका अण्डा डम्पिङ भएका छन् । कृषकले उत्पादन गरेका अण्डा बजार सम्म
पु¥याउन नसक्दा खोरमा थन्किएका हुन् । लकडाउन पछि उत्पादन भएका अण्डा स्थानीय बजार तथा बाहिरी जिल्लामा पु¥याउन नसक्दा समस्या भएको कुखुरा पालक कृषक लोकराज भुसालले बताए ।

‘तुलसीपुरको बजारमा अण्डा अभाव छ, हाम्रो खोरमा थन्किएका छन्, २ किलोमिटरको दुरीमा रहेको तुलसीपुर बजार सम्म पनि अण्डा पु¥याउन सकिएको छैन’ भुसालले भने । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ लाई अण्डा पकेटका रुपमा मानिन्छ । त्यकाँका करिव एक दर्जन कृषकका खोरमा उत्पादन भएका हजार पेटी जति अण्डा अहिले डम्पिङ् गरि राखिएको अर्का कृषक शसिराम बुढाथोकीले बताए ।

फोटो  :जनक भण्डारी

कृषकहरुसंग गाडी नभएको र यो समयमा अरु गाडी नपाइएका कारण अण्डालाई बजार पु¥याउन नसकिएको भुसालले बताए । ‘अटो र वाइकमा लैजान नमिल्ने, यस्तो बेला गाडी पनि नपाइने, अघि पछि खोर खोर अण्डा देउ भन्दै आउने सप्सायर्सले पनि यो बेला वास्ता गरेका छैनन्’ भुसालले गुनासो गर्नुभयो ।

राहातका रुपमा चाउचाउ, विस्कुट बाड्ने स्थानीय सरकारले प्रसस्त पौष्टिक तत्व पाइने अण्डा कृषकसंग खरिद गरेर बितरण गर्नुपर्ने अण्डा उत्पादकहरुको माग छ । यसो गर्न सके नागरिकलाई पौष्टिक तत्व पनि पुग्ने र कृषकको उत्पादनले पनि बजार पाउने देखिन्छ । अघि पछि स्थानीय उत्पादनलाई जोड दिनुपर्ने भाषण छाट्ने स्थानीय तहका प्रतिनीहरुहरुले पनि यस प्रति खास्सै चासो दिएको देखिंदैन ।

नेपाल अण्डा उत्पादक संघ दाङका अध्यक्ष अञ्जन कुमार पौडेलले फास्ट फुड, जंक फुडलाई राहतको रुपमा बितरण गर्नुभन्दा कृषकसंग अण्डा किनेर बितरण स्थानीय तहलाई सुझाउँछन् । अण्डा व्यवसायि मोहन गौतमले बाहिरी जिल्लामा निकासी नहुँदा सम्म कृषकसंग अण्डा उठाउने अवस्था नरहेको बताए । ‘हामी संग प्रसस्त स्टक छ, कृषक संग उठाउनु पर्ने अण्डा पनि टन्नै छ, यहाँको बजारले मात्रै हुँदैन’, बाहिरी जिल्लामा निकासी गर्न नपाउँदा सम्म अण्डा उठाउन सकिने अवस्था नरहेको गौतमले बताए ।

दाङमा उत्पादित अण्डा पोखरा, चितवन, पाल्पा, काठमाडौँ, सल्यान, रुकुम, सुर्खेत, महेन्द्रनगर, धनगढी, नेपालगञ्ज लगायतका बजारमा खपत हुने गर्दछ । लकडाउनका कारण ढुवानीका साधन चल्न नपाउँदा अण्डा निकासी गर्न नसकिएको व्यवसायीहरुको भनाइ छ ।

दाना खान नपाएर कुखुरा मर्ने भए : कृषक
उत्पादीतद अण्डा बिक्री गर्न नसक्दा पिरलोमा परेका कृषक कुखुरालाई खुवाउने दाना नपाउँदा झनै समस्यामा परेका छन् । करोड लगानी गरी व्यवसाय गरेका कुखुरा पालक कृषकहरु दानाको अभावमा कुखुरा मर्ने अवस्था आएपछि अझ ठूलो पिरलोमा परेका हुन् । करोड लगानी गरेका कृषक संग नगद पैसा नभएको र सप्लायर्सहरुले उधारो दाना नदिएका कारण समस्या भएको हो । एक त लकडाउनले दाना अभाव छ, त्यसमाथी झन् नगद पैसा नहुँदा झनै समस्या भएको छ । कुखुरा व्यवसायी लोकराज भुसालले भने ।

सुरुको एक हप्ताको लकडाउनलाई मध्यनजर गरेर ल्याएको दाना सकिएको र अरु दाना ल्याउन नसक्दा अव देखि कुखुरालाई के खुवाउने भन्ने समस्या भएको उनले बताए । ‘सोमबार सम्म आधा पेट भएपनि खुवायर कुखुरा बचाइयो, मंगलबार देखि के खुवाउने भन्ने पिरलो थपिएको छ’, अर्का कृषक शसिराम बुढाथोकीले भने ।

अण्डा बोक्ने गाडीलाई पास चाहिँदैन :प्रजिअ
यसैबीच दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले अण्डा बोक्ने गाडीलाई पासको आवश्यकता नपर्ने बताएका छन् । टेलिफोन कुराकानीमा उनले दुध, तरकारी, अण्डा, खाद्ययान्न लगायत बोक्ने गाडीलाई पासको आवश्यकता नपर्ने बताएका हुन् । ‘गाडीमा अण्डा बोक्न पाइन्छ, तर मान्छे ओसार्न भयन, एउटा चालक र एउटा सहयोगी राखेर अण्डा ढुवानी गर्न सकिन्छ’ प्रजिअ रिजालले भने । दाङमा उत्पादीत अण्डा यहाँको बजारमा मात्रै खपत नहुने भएकाले बाहिरी जिल्लामा पठाउने बिषयमा पनि छलफल भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार