पछिल्लो समय नीतिगत भ्रष्टाचार मौलाएको छ : लीलामणि पोख्रेल

  पहिलोपेज

 502 पटक हेरिएको

फाइल फोटो

काठमाडौं, २८ बैशाख । नेकपाका नेता लिलामणि पोखरेलले मुलुकमा पछिल्लो समय नीतिगत भ्रष्टाचार मौलाएको बताएका छन् । नेपाली कम्युनिष्ट नेता निर्मला लामाको १९ औं स्मृति दिवसका अवसरमा बोल्दै नेता पोखरेले देशमा भ्रष्टाचार मौलाएको बताएका हुन् ।

शुक्रबार प्रज्ञा प्रतिष्ठानमा निर्मला लामा र भ्रष्टाचारविरोधी कार्यक्रमको नाम दिइएको कार्यक्रमा नेता पोखरेलले समाज र देशको नेतृत्व तहमा पुगेका मानिसहरु नै भ्रष्टाचारमा डुबेको बताए ।

कार्यक्रममा नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी नेता विष्णुबहादुर मानन्धरले यो सरकार बिचौलिया या दलालले चलाएको आशंका व्यक्त गरे । उनले प्रश्न गरे, ‘‘परिवर्तनका वाहक कम्युनिष्टहरुले चलाएको सरकारलाई कसले चलाएको छ ?’’ उनले उग्रवापन्थी सोच र घोर दक्षिणपन्थी सोचले समाजवाद नआउने बताए । जनतालाई समाजवाद दिलाउन कम्युनिष्टहरु लाग्नुपर्ने उनको जोड थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार