काठमाडौं, १८ बैशाख । बेला बेलामा विभिन्न उटपट्याङ गरेर वा विवादित कुरा बोलेर वा विवादमा आउने काम गरेर चर्चा कमाउने मानिस समाजमा प्रशस्तै छन् । त्यस्तै चर्चामा आइरहने महिला अधिकारकर्मी हुन्, सावित्री सुवेदी ।
पेटीकोट प्रदर्शन गरेर यसअघि खुबै चर्चामा आएकी सावित्री सुवेदी पुनः चर्चामा आएकी छन् । उनको पछिल्लो भनाई उत्तिकै भाइरल बन्दै गएको छ । सावित्रीले एक युट्यव च्यानललाई दिएको अन्तर्वार्तामा आफू बाबु बिनाको आमा बन्न चाहेको उल्लेख गरेकी छन् ।
अहिले आफू ३० वर्ष पुगेको बताउँदै अबको ५ वर्षपछि कुनै पुरुषसँग यौनसम्पर्क गरेर बच्चा जन्माउने योजना रहेको बताएकी छन् । उनले पुरुषलाई भाडामा लिएर आमा बन्ने घोषणा गरेकी छन् ।
विशेषतः पश्चिमा देशहरुमा चर्चामा रहेको ‘सिंगल मदर’ नेपालमा पनि आफूले सुरु गर्न लागेको उनको दावी छ । यसमा कुनै पनि महिलाले आफूले चाहेको पुरुषसँग केही रकम दिएर यौनसम्पर्क राख्ने गर्छन् तर त्यो युवक त्यो बच्चाको बुवा भने हुँदैन ।