राष्ट्रपति भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

  पहिलोपेज

 746 पटक हेरिएको

काठमाडौं, १८ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले यही बैशाख २० गते शुक्रवार अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधान २०७२ को धारा ९५ उपधारा २ बमोजिम राष्ट्रपतिले सम्बोधन गर्न थालेकी हुन् ।

राष्ट्रपति भण्डारीले सम्बोधन गरेपछि प्रतिनिधिसभाको अर्को बैठक सोही दिन बेलुकी ६ बजे बस्नेछ । त्यस्तै राष्ट्रिय सभाको अर्को बैठक सोही दिन ५.३० बजे बस्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार