फोनिज तनहुँका अध्यक्ष रानामाथि भएको दुव्र्यवहारप्रति खेद

  पहिलोपेज

 638 पटक हेरिएको

काठमाडौं, १६ बैशाख । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रीय समितिले तनहुँ शाखाका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ तनहुँ शाखाका कोषाध्यक्ष प्रताप रानालाई समाचार संकलनका क्रममा भएको दुव्र्यवहारको घटनाप्रति खेद प्रकट गरेको छ । सचिव मिलन लिम्बुले जारी गरेको विज्ञप्तिमा उक्त घटनाप्रति फोनिजको ध्यानाकर्षण भएको भन्दै खेद व्यक्त गरेका हुन् ।

प्राकृतिक स्रोत साधनमाथि भइरहेको दोहनको समाचार संकलनका लागि सोमबार अपरान्ह वडा कार्यालय पुगेका कान्तिपुर टेलिभिजनका संवाददाता समेत रहेका रानालाई भीमाद नगरपालिका वडा नंं. ५ का वडा सचिव रमेशप्रकाश बरालले दुव्र्यवहार गरेको विज्ञप्तिमा उल्लेख छ । सूचनाको हक ग्यारेण्टी र पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै निर्बाधरुपमा सुरक्षित तवरले पत्रकारिता गर्ने वातावरण निर्माण गर्दै पत्रकारमाथि दुव्र्यवहार गर्ने वडा सचिव बरालमाथि कार्वाही गर्न फोनिजले माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार