नागरिकता ऐन संशोधन विधेयकविरुद्ध हस्ताक्षर अभियान

  पहिलोपेज

 1049 पटक हेरिएको

दाङ, १५ बैशाख । नागरिकता ऐन संशोधन विधेयकलाई राष्ट्रघाती भन्दै त्यसविरुद्ध भोलि बैशाख १६ गते घोराहीमा हस्ताक्षर संकलन तथा बिरोध कार्यक्रम हुने भएको छ । राष्ट्रिय जनमोर्चा, नेकपा (मसाल) र नेकपा (माले)ले उक्त कार्यक्रम गर्ने भएका हुन् ।

जन्मका आधारमा नागरिकता दिने र अंगीकृतलाई बंशजको नगारिकता दिने नीतिले नेपालीहरु क्रमशः अल््पमतमा पर्दै जाने, विदेशी पुरुषसित बिहे भएका महिलाको छोराछोरीलाई नेपाली नागरिकता दिने र नेपाली पुरुषसित बिहे भएका महिलालाई तत्कालै नागरिकता दिने कुराले नेपालीलाई क्रमशः अल्पमतमा पार्ने भएकोले यसको विरुद्धमा हस्ताक्षर तथा बिरोध कार्यक्रम हुँदै आएको राजमो दाङका अध्यक्ष गणेश आचार्यले बताए ।

हस्ताक्षरपछि साँझ ५ बजे तुलसीपुर चोक घोराहीमा विरोध सभा हुनेछ । उक्त कार्यक्रममा सहभागी भई आफ्नो अमूल्य मत प्रकट गर्न राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले सबै सचेत नगारिकलाई अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार