यसरी गर्दैछ राप्रपाले जनसंघर्षको तयारी

  पहिलोपेज

 900 पटक हेरिएको

काठमाडौं, १५ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी जनसंघर्षका कार्यक्रमहरुलाई प्रभावकारी ढंगले सम्पन्न गर्न पार्टीका विभिन्न निकायसँगको छलफललाई निरन्तरता दिएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष एवं जनसंघर्ष परिचालन समितिका कमाण्डर बुद्धिमान तामाङको अध्यक्षतामा छलफल सम्पन्न भएको थियो ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज पार्टीका विभागीय प्रमुख तथा सदस्य सचिवहरु, जनवर्गीय संगठनका अध्यक्ष तथा महासचिवहरुको संयुक्त बैठक भएको थियो । उक्त बैठकमा आगामी जनसंघर्ष र संगठन सुदृढीकरण सम्बन्धी व्यापक छलफल भएको राप्रपाले जनाएको छ ।

बैठकमा पार्टीका उपाध्यक्ष टंक ढकाल, महामन्त्री एवं संगठन विभाग प्रमुख राजेन्द्र लिङ्देन, महामन्त्री भास्कर भद्रा, ३ नं. प्रदेश प्रमुख विक्रमबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार