बिराटनगर जाँदै गरेको बस हात्तीखौवामा दुर्घटना, ४ जना घाइते

  शरद रेग्मी

 730 पटक हेरिएको

दाङ, १५ बैशाख । दाङको तुलसीपुरबाट बिराटनगरका लागि छुटेको रात्रि बस हात्तीखौवा चौकनजिकै दुर्घटना भएको छ । आइतबार दिउँसो १.३० बजे छुटेको १५ मिनेट नपुग्दै दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

ना ५ ख २२३४ नम्बरको बस दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । हात्तीखौवा सडकदेखि तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइते हुनेहरुमा जमुना ओली (दङ्गीशरण २), सीताराम ओली (बबई २), यज्ञबहादुर बिक (तुलसीपुर ५), र सल्यान सिद्धकुमाख गाउँपालिकाका गेहेन्द्र बस्नेत रहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार