सभामुखमाथिको आरोपलाई प्रहरीले गर्यो खण्डन, पत्रकारिताको दुरुपयोग रोक्न महासंघसँग आग्रह

  पहिलोपेज

 423 पटक हेरिएको

काठमाडौं, १४ बैशाख । सभामुखसहितका विशिष्ट व्यक्तिको नाम जोडेर केही अलाइनमा आएका समाचारहरुको जिल्ला प्रहरी कार्याल दाङले खण्डन गरेको छ । नियमित र सामान्य प्रहरी कार्यको बिषयलाई बिशिष्ट व्यक्तिहरुको नाम समेत जोडेर बिषयान्तर हुने किसिमले अनावश्यक, असान्दर्भिक, अतिरञ्जित, अमर्यादित, अशिष्ट, असत्य, भ्रामक र खेदजनक समाचार प्रकाशन भएको भन्दै प्रहरीले आपत्ति जनाएको हो ।

प्रहरीले दुराग्रह र दुराशयपूर्ण यस्ता समाचारले बिशिष्ट व्यक्तित्वलाई लाञ्छित गरेको र मर्यादामा आँच पुराउन खोजेकोप्रति दुःख व्यक्त गरेको छ । प्रहरीले पत्रकारिताको चरम दुरुयोग गरिएको बताउँदै भनेको छ, ‘‘बिना आधार र बेतुकका यस्ता गलत समाचार प्रसारण गर्ने सम्बन्धित अनलाइन उपर खोजबिन गरी आवश्यक कारवाही गर्न नेपाल पत्रकार महासंघ दाङलाई अनुरोध गरिएको छ ।

केही दिनअघि धर्म परिवर्तन गर्ने कार्यमा संलग्न व्यक्तिहरु पक्राउ परेका थिए । उनीरुलाई छुटाउन दबाब आएको भन्दै केही अनलाइनले समाचार बनाएका थिए । उक्त घटनामा कोही कसैबाट फोन नआएको पनि प्रहरीले स्पष्ट गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार