प्रधानमन्त्री ओलीलाई भेटेर यसो भनिन् नेकपाकी सचेतक शान्ता चौधरीले

  पहिलोपेज

 772 पटक हेरिएको

काठमाडौ, १२ वैशाख । नेकपा संंघीय संसदीय दलकी सचेतक शान्ता चौधरीले प्रधानमन्त्री केपी शर्मा वलीलाई भेटेर दाङको विकासको लागि ध्यानाकर्षण गराएकी छन् ।

दाङको समग्र विकासको लागि आगामी आर्थिक वर्षमा विशेष बजेट विनियोजन गर्न सचेत चौधरीले प्रधानमन्त्री वलीलाई आग्रह गरेकी थिइन् । त्यसैगरी आगामी नीति कार्यक्रममा आफूहरुले प्रस्तुत गरेको कार्यक्रमअनुसार नीति कार्यक्रम ल्याउन सुझाव पनि दिएकी थिइन् ।

नेकपाकी केन्द्रीय सदस्य एवं प्रभावशाली नेतृ समेत रहेकी चौधरीले प्रदेश नं. ५ को राजधानीको विषयमा पनि प्रधानमन्त्री केपी शर्मा वलीसँग कुराकानी गरेको सचेतक चौधरीका स्वकीय सचिव सन्तोष दहितले जानकारी दिए ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा वलीले दाङको विकासको लागि आफू सदैव लागिपरेको बताएका थिए । दाङको विकासको लागि संघीय सरकारले गर्नुपर्ने सबैखाले सहयोग गर्छ भन्दै त्यसमा दाङवासीलाई दुविधामा नरहन प्रधानमन्त्री वलीले आग्रह गरेका थिए ।

यसैगरी प्रदेश राजधानीको विषयमा प्रधानमन्त्री वलीले ढिलोचाँडो प्रदेश ५ को राजधानी सबैको पायक पर्ने ठाउँमा हुने बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार