आजको राशिफलमा कस्तो लेखेको छ तपाईंको भाग्य ?

  पहिलोपेज

 516 पटक हेरिएको

वि.सं. २०७६ बैशाख १२ गते । बिहीबार । इश्वी सन् २०१९ अप्रिल २५ तारिख । नेपाल संवत ११३९ चौलागा । वैशाख कृष्णपक्ष । तिथि– षष्ठी, १४ः५४ बजेउप्रान्त सप्तमी ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अवसरका लागि केही दौडधुप गर्नुपर्ला । ठूलो उपलब्धि नभए पनि सम्भावना खोजी गर्ने समय छ । प्रयत्न गर्दा पछिलाई फाइदा हुनेछ । अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइने छ । कमजोरीका बाबजुद काँधमा जिम्मेवारी थपिने छ । काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ । स्वास्थ्यका लागि केही समय आराम लिनुपर्ला । मिहिनेतले लक्ष्यमा पुराउने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतीक्षित नतिजा कमजोर देखिनाले उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्य र अर्थका हिसाबले पनि दिन कमजोर रहने छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता हुनसक्छ । तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ । शुभचिन्तकहरूले साथ दिनेछन्, गोपनीयतामा ध्यान पुराउनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
माहोल रमाइलो रहनेछ तर आलस्य बढ्नाले लक्ष्यमा पुग्न समस्या पर्नेछ । मिहिनेत गर्दा व्यापारमा लाभ लिने समय छ । व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ । विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । प्रिय भेट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला । गृहस्थी यात्रा रमाइलो रहने छ । आफन्तहरूले नयाँ आशा जगाउने छन् । वादविवादबाट टाढा रहने प्रयत्न गर्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नु पर्नेछ । प्रगतिमा ईष्र्या गर्नेहरूले दुःख दिनेछन् । व्याहारिक समस्याले योजना रोकिन सक्छ । कामको चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिन सक्छ । मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ । तापनि चुनौती पन्छाएर काम बनाउन सकिने छ । प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले अग्रता दिलाउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययनमा धेरै समय दिन नसकिएला । काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । समयको मागलाई विचार गरेर अघि बढ्नुहोला । बिस्तारै कर्मयोगले भविष्यको बाटो समाउने छ । मिहिनेतले काममा सफलता दिलाउन सक्छ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिने छ । शुभचिन्तकहरूले साथ दिए पनि आफ्नै सक्रियताले मात्र दिगो लाभ उठाउन सकिने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोराउनु पर्ला । महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुराउने छन् । हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउने छ । महत्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला । स्वयं नजुट्दा काम बिग्रने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रचनात्मक काममा जुट्ने समय छ । पहिलेको उपलब्धिले उत्साह जगाउने छ । सहयोगीहरूले त्यति साथ नदिए पनि काम सम्पादन हुनेछ । उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ । गरिएका कर्मको प्रतिफल पाइने छ । तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिने हुँदा सञ्चित रकम खर्चनु पर्ला । बेलामा होस नपुराउँदा समस्या आउने छ । हिसाबकिताबमा होशियार रहनु होला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामान्य आम्दानी भए पनि काम पूर्ण सम्पादन नहुन सक्छ । आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । आत्मविश्वासको कमीले पछि परिने छ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा पनि दुःख पाइने छ । खर्च हुने डरले सताउन सक्छ । तापनि सम्पादित कामबाट धन लाभ हुनेछ । मिहिनेतले आम्दानीको स्रोत बढ्नेछ भने पछि फाइदा हुने काममा सम्झौता हुन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । मिहिनेतको परिणामले आत्मविश्वास बढ्ने छ । विशेष अवसरले प्रश्न्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउने छ । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुनसक्छ । तर आगन्तुकले अलमल्याउने हुँदा काममा विलम्ब हुनेछ । वैधानिक प्रावधानले काममा समस्या निम्त्याउन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भैपरी आउने समस्याले खर्च बढाउन सक्छ । सञ्चित रकम अरूका हातमा जानाले अर्थ अभाव देखा पर्नेछ । परिवारजनबाट टाढिनु पर्ला । अरूलाई समय दिँदा आफू पछि परिनेछ । अर्थ अभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिने छ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । तर करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विशेष अवसर पाइनेछ र मिहिनेतले लक्ष्यमा पुराउने छ । पछिसम्म फाइदा हुने काम हातलागी हुनेछ । श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्ने छ । दिगो योजना प्रारम्भ गर्ने समय छ । श्रमको उचित मूल्य प्राप्त हुनेछ । सञ्चित धनको उपयोगले लाभ दिलाउने छ । प्रतीक्षा गरिएको काम बन्नेछ भने उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोराउनु पर्ला । नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले बेसुरमा काम गर्दा समस्या पर्नेछ । तापनि, बुद्धिको उपयोगले काम सम्पादन हुनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । भविष्यका लागि भने कामको जग बसाउने मौका छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार