तपाईंको राशिफल, यस्तो छ आज तपाईंको भाग्य

  पहिलोपेज

 742 पटक हेरिएको

वि.सं. २०७६ बैशाख ११ गते । बुधबार । इश्वी सन् २०१९ अप्रिल २४ तारिख । नेपाल संवत ११३९ चौलागा । बैशाख कृष्णपक्ष । तिथि– पञ्चमी, १४ः०२ बजेउप्रान्त षष्ठी ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउने छ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ । शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, महत्वाकांक्षी योजना थालनी हुने छ । आजको मिहिनेतले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउने छ । रोकिएका काममा दोहोराएर प्रयत्न गर्नुपर्ला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्य कमजोर रहनाले काममा पनि बाधा हुन सक्छ । केही विवादास्पद जिम्मेवारी बहन गर्नुपर्ला । अर्थ अभावले पनि मन पिरोलिन सक्छ । मिहिनेतले स्थितिमा सकारात्मक परिवर्तन ल्याउने छ । शुभचिन्तकहरूले केही आशा जगाउनेछन् । समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ । तापनि दिन मनोरञ्जनपूर्ण र उत्साहवद्र्धक रहनेछ । लगनशीलताले नयाँनयाँ काम गर्ने अवसर समेत दिलाउने छ । साथीभाइको सहयोगले हौसला जाग्नेछ । रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अवसरका लागि केही विवादास्पद जिम्मेवारी बहन गर्नुपर्ला । समयमा लगनशील बन्न नसक्दा प्रतिस्पर्धीहरूले फाइदा उठाउन सक्छन् । कामको चाप बढ्नेछ । वादविवादले मन खिन्न बनाउने छ । प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइने छ । ईष्र्या गर्नेहरूबाट सजग रहनुहोला । हिम्मत गर्दा अप्ठ्यारो स्थितिमा पनि काम सम्पादन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । अवसर प्राप्त भए पनि मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुन सक्छ । पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ । व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने मिहिनेतले कार्य सम्पादन हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । चुनौती देखिए पनि मेहनत गर्दा फाइदा उठाउन सकिने छ । तर सानातिना काममै अल्झनुपर्दा लक्ष्य प्राप्त नहुन सक्छ । हिसाबकिताबमा होशियार रहनुहोला । हडबडको त्रुटिले काम दोहोराउनुपर्ने स्थिति आउन सक्छ । बेसुरमा दिइएको बचनले अप्ठ्यारो पर्न सक्छ । विश्वासपात्रबाट धोका पाइने समय छ, सजग रहनुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिनेछ । परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइने छ । महत्वाकांक्षी योजना कार्यान्वयनमा बाधा पुग्न सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । दाजुभाइमा असमझदारी बढ्न सक्छ । आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिने छ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउने छ । प्रतिस्पर्धीहरूबाट सावधान रहनुहोला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । अवसर जुटे पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ । विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला । सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । अरूको मुख ताक्ने बानीले भने काममा पछि परिएला । समयको महत्वलाई ख्याल गर्नुहोला, मिहिनेतले पछि लाभ हुने काम सम्पादन हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भ)
प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोराउनु पर्ला । स्वास्थ्यका कारण लक्ष्यमा पुग्न समस्या पर्नेछ । अरूका लागि बुद्धि र समय खर्चनु पर्ला । तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि आंशिक फाइदा लिन सकिने छ । आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन् । पार्टी–भोजको अवसर प्राप्त भए पनि स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समयमा होस नपुग्नाले फजुल खर्च बढ्ने छ । काममा अनायासै व्यवधान देखा पर्न सक्छ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । आफ्नै कमजोरीले विवाद निम्त्याउन सक्छ । शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला । परिवारजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ । प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला । सदविचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतीक्षित नतिजाले उत्साह जगाउने छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चलअचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिने छ । दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ । व्यापार–व्यवसायमा फाइदा उठाउन सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आँटेको काम केही समय रोकिने छ । नयाँ काम गर्न केही बेर प्रतीक्षा गर्नुपर्ला । आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन् । परिस्थिति संघर्षपूर्ण देखिए पनि मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउने छ । प्रतीक्षित नतिजाले उत्साह जगाउने छ । जीवनशैली अलि व्यस्त रहने छ तर गरिआएको कामलाई निरन्तरता दिन सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार