पासाङ ल्हामु शेर्पा साहस र प्रेरणाकी स्रोत : प्रम ओली

  पहिलोपेज

 1415 पटक हेरिएको

काठमाडौं, १० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकी प्रथम सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पा साहस र प्रेरणाकी स्रोत भएको बताएका छन् । पासाङ ल्हामुले सगरमाथा आरोहण गरेको २६ बर्ष पुगेको अवसरमा आज आयोजित पासाङ प्रतिष्ठा दिवसको अवसरमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले पासाङको आत्मविश्वास र साहसले सगरमाथाको आरोहण सफल भएको बताए । “पासाङ सम्पूर्ण नेपालीकी साहस र प्रेरणाकी स्रोत हुन्” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले पासाङ ल्हामुको स्मृतिलाई दीर्घकालीन बनाउनका लागि सरकार सकारात्मक रहेको पनि उल्लेख गरे । प्रधानमन्त्री ओलीले सगरमाथाको उचाइ नेपाल र चीन दुबैतिरबाट नापेर टुंगो लगाउने काम सुरु भएको बताउँदै भने, “सगरमाथाको बारेमा भएका भ्रमहरु अन्त्य गर्न यसपालि सरकारको तर्फबाट उचाइ नाप्ने काम हुँदैछ । यो काम विवादरहित ढंगले टुंगिन्छ”, प्रधानमन्त्री ओलीले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार