नेकपा सचेतक शान्ता चौधरीले अभिभावकत्व ग्रहण गरेका सबै विद्यार्थी उत्तीर्ण

  पहिलोपेज

 920 पटक हेरिएको

काठमाडौं, १० बैशाख । नेकपाकी सचेतक शान्ता चौधरीले अभिभावकत्व ग्रहण गरेका ५ बालबालिकाहरु बार्षिक परीक्षामा उत्तीर्ण भएका छन् । सचेतक चौधरीले गत वर्ष विद्यार्थी भर्ना अभियानको क्रममा घोराही उपमहानगरपालिका वडा नं. ४ सुनपुरस्थित आधारभूत विद्यालयमा विपिन्न परिवारका ५ बालबालिकाहरुको अभिभाकत्व ग्रहण गरेकी थिइन् ।

घोराही उपमहानगरपालिका– ४ का सरोज अर्याल कक्षा ६, नवीना गुरुङ कक्षा ४, कृष्ण थापा कक्षा ३, रीता चौधरी कक्षा १ र पूजा विक कक्षा युकेजीमा भर्ना भएका थिए । यी सबै विद्यार्थीहरु उत्तीर्ण भएको विद्यालयले जनाएको छ ।

यसैगरी आफूले अभिभावकत्व ग्रहण गरेका बालबालिकाहरु उत्तीर्ण भएकोमा सचेतक चौधरीले सबै बालबालिकाहरुलाई बधाई एवं शुभकामना व्यक्त गरेकी छन् । सचेतक शान्ता चौधरीले बालबालिकाहरुको अभिभाकत्व ग्रहण गरेपछि नियमितरुपमा उनीहरुको पढाइको विषयमा जानकारी लिने र शैक्षिक सामग्री सहयोग गर्दै आइरहेको चौधरीको सचिवालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार