यी हुन् पूर्वमाओवादी केन्द्रबाट अध्यक्ष बन्ने ३३ र ४४ जिल्ला सचिव

  पहिलोपेज

 397 पटक हेरिएको

काठमाडौं, ९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको छ । जम्मा ७७ जिल्ला कमिटीमध्ये तत्कालीन माओवादी केन्द्रले ३३ जिल्लाको अध्यक्ष र ४४ जिल्लाको सचिव पाएको छ । यता तत्कालीन एमालेले ४४ जिल्लामा अध्यक्ष र ३३ जिल्लामा सचिव पाएको छ ।

तत्कालीन माओवादी केन्द्रले प्रदेश १ का १४ जिल्लामध्ये ५ जिल्लामा अध्यक्ष पाएको छ । जसमा ताप्लेजुङमा खेलप्रसाद बुढाथोकी, सुनसरीमा रामकुमारी चौधरी, उदयपुरमा बिनोदकुमार कटुवाल, खोटाङमा देवान चाम्लिङ र ओखलढुंगामा मोहनकुमार खड्का अध्यक्ष भएका छन् । प्रदेश २ का ८ जिल्लामध्ये ४ जिल्लाको अध्यक्ष पूर्व माओवादीले पाएको छ । जसमा सिराहामा रामकुमार यादव, धनुषामा जोखकुमार बरबरिया यादव, सर्लाहीमा डाचाराज वाग्ले र बारामा गोपाल ठाकुर रहेका छन् ।

यसैगरी प्रदेश नं. ३ का १३ जिल्लामध्ये ५ जिल्लामा तत्कालीन माओवादी केन्द्रबाट रामेछापमा मैनकुमार मोक्तान, सिन्धुलीमा राजन दाहाल, चितवनमा यमबहादुर परियार, काभ्रेमा रुकु चौलागाई र नुवाकोटमा हिरानाथ खतिवडा अध्यक्ष भएका छन् । गण्डकी प्रदेशबाट गोरखामा जगन्नाथ खनाल, स्याङ्जामा पारस गैरे, म्याग्दीमा गोविन्द पौडेल र लम्जुङमा मधुमाया अधिकारी अध्यक्ष भएका छन् । प्रदेश ५ बाट नवलपरासीमा राजुप्रसाद हरिजन, बाँकेमा आइपी खरेल, बर्दियामा भुवन थारु, रोल्पामा सुरेन्द्र थापा र पूर्वी रुकुममा मेघबहादुर श्रेष्ठ अध्यक्ष भएका छन् ।

कर्णाली प्रदेशको मुगुमा सुखबीर बुढा, कालिकोटमा दुर्गाबहादुर राउत, हुम्लामा विजय भण्डारी, जाजरकोटमा ढकवीर पुन र पश्चिम रुकुममा गोपाल शर्मा अध्यक्ष भएका छन् । सुदुरपश्चिम प्रदेशको बझाङमा कलबहादुर खड्का, कञ्चनपुरमा वीरवहादुर थापा, डडेलधुरामा मानसिंह माल र दार्चुलामा गणेश खत्री अध्यक्ष भएका छन् ।

पूर्व माओवादी केन्द्रले अध्यक्ष पाएका ३३ जिल्लामा तत्कालीन एमालेका अध्यक्षहरु सचिव हुने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार