धनुषामा गाडीको ठक्करबाट एकजनाको ज्यान गयो

  निरंजन साह

 357 पटक हेरिएको

जनकपुरधाम ९ बैशाख । धनुषाको लक्ष्मीनियामा गाउँपालिका वार्ड नम्बर ७ मा स्थानीयले सोमबार सडकमा चक्काजाम र नाराबाजी गरेको छ ।

आइतबार राति करिब आठ बजे लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ बस्ने सोमन मण्डल का २४ वर्षीया अरुण मन्डललाई गाड़ीले ठक्कर दिएपछि घटना स्थलमै मृत्यु दिएको थियो । मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका छन् ।

ज११प ९३९७ नम्बरको डिस्कभर मोटरसाइकलमा अरुण मण्डल ले आफ्नो दिदी को गाउँ फुलगमाबाट घर फर्किँदै गर्दा पहिचान नखुलेको एक गाड़ीले आइतबार राति मिथिला डेरी अगाडि ठक्कर दिएका थिए ।

स्थानीय र पीड़ित परिवारजन तत्काल ठक्कर दिएको गाड़ी नियन्त्रणमा लिएर दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै सडक अवरुद्ध गरेको हो । बिहानैदेखि अवरुद्ध भएको जनकपुर(ढल्केवर सड़क खन्ड १० बजे प्रहरी र स्थानीय सहमति मा सडक अवरुद्ध खुलेका लक्ष्मीनिया गाउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष गगाइ साह ले बताए ।

मृतक मन्डलको एक वर्ष पहिला वैशाख मा विवाह भएको थियो । आठ दिन पहिले मात्र वैदेशिक रोजगारीबाट उनी घर फर्किएका थिए । मृतक मन्डलका पिता सोमन मन्डल पनि वैदेशिक रोजगारीमा रहेको वडा अध्यक्ष साह जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार