हाइस गाडीमा अज्ञात समूहद्वारा आगजनी

  पहिलोपेज

 1044 पटक हेरिएको

तुलसीपुर, ६ बैशाख । दाङमा अज्ञात समूहले हाइस गाडीमा आगजनी गरेको छ । बिहीवार राति तुलसीपुर–अमिलिया सडक खण्डमा बा ३ ख ८५९३ नम्बरको गाडीमा आगजनी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बिग्रिएर जंगलमा रोकिराखेको सो गाडीमा अज्ञात समूहले आगजनी गरेको खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियोे । यता इलाका प्रहरी कार्यालयका प्रमुख प्रेमबहादुर शाहीले गाडीमा आगजनी गर्ने समूहको खोजी कार्य भइरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार