दाङमा नेकपाका दुई केन्द्रीय सदस्य र एक जिल्ला नेता पक्राउ

  पहिलोपेज

 838 पटक हेरिएको

दाङ, ६ बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुईजना केन्द्रीय सदस्य र एक जिल्ला नेता दाङमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा केन्द्रीय सदस्यद्वय चूडामणि ओली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’ रहेका छन् ।

दुई केन्द्रीय सदस्यसहित पक्राउ पर्नेमा रोल्पाका जिल्ला नेता लालबहादुर ओली ‘विश्व’ रहेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राम्रीबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीहरूलाई स्कारपियो गाडीसहित पक्राउ गरिएको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको छ ।

रोल्पाको गंगादेव गाउँपालिका– ३ झ्याम घर भएका ओली माओवादी आन्दोलनका पुराना नेता हुन् । लालबहादुर ओली पनि उनकै माइला भाइ हुन् । सल्यानका ‘असल’ जनयुद्धकालमा जनमुक्ति सेनाका कमाण्डर हुन् । उनलाई केही समयअघि पनि राजधानीबाट पक्राउ गरेर रिहा गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार