स्थापना दिवसमा नेविसंघले रोप्यो पार्टी कार्यालयमा विरुवा

  निरंजन साह

 667 पटक हेरिएको

जनकपुरधाम, ६ बैशाख । नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा नेविसंघ धनुुषाले पार्टी कार्यालयमा शुक्रबार बृक्षारोपण गरेको छ ।

शुक्रबार धनुषाको नेपाली कांग्रेस पार्टी कार्यालय परिसरमा आयोजित बृक्षारोपण कार्यक्रममा प्रमुख आतिथ्य नेपाली कांग्रेस प्रदेश नम्बर २ संसदीय दलका नेता रामसरोज यादव र नेविसंघ धनुुषाका नेता सुजित मिश्रको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा पार्टीका जिल्ला सभापति महेशशंकर गिरि, सांसद स्मृतिनारायण चौधरी, गणेश तिवारी, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति कन्हैया कर्ण, जनकनकपुरधाम उपमहानगरपालिका सभापति मनोजकुमार साह, दिगम्बर राय, जीवनाथ चौधरी, युवा नेता प्रफुल्लराज घिमिरे, धीरेन्द्रमोहन झा, शिवजी राय, राकेशविक्रम साह, मिनु झा, संजिव साह, राहुल मिश्रा, नवनित झा, घनश्याम झा राजु, रुपेश ठाकुर, सत्यम सिंह, महेश साह, राजु साह, सुजित यादव, सुजित झा, राजेश कर्ण, मनिष यादव, अमर द्विवेदी लगायतको उपस्तिथि रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार