रोल्पाका सहिद तथा बेपत्ता परिवारलाई जस्तापाता

  पहिलोपेज

 494 पटक हेरिएको

रोल्पा, ५ बैशाख । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन ‘अनन्त’ले रोल्पाका सहिद तथा बेपत्ता परिवारलाई जस्तापाता वितरण गरेका छन् । ‘समृद्ध रोल्पा फोउडेशन’का संरक्षक समेत रहेका मन्त्री पुनले फाउण्डेशनले रोल्पाको लिवाङमा बिहीबार गरेको एक समारोहमा जस्तापाता वितरण गरेका हुन् ।

चुनावका क्रममा रोल्पामा भएका सबै फुसको छाना भएका घरलाई हावा पानीबाट सुरक्षित बनाउन जस्तापाता वितरण गर्ने प्रतिवद्धता व्यक्त गरेअनुसार ‘सांसद सुरक्षित आवास कार्यक्रम’मार्फत पहिलो चरणमा सहिद तथा बेपत्ता परिवारलाई जस्तापाता वितरण गरिएको मन्त्री पुनले बताए ।

मन्त्री पुनले पाँच वर्षको आफ्नो कार्यकालमा रोल्पामा रहेका झण्डै १४ हजार परिवारलाई छाना वितरण गरिसक्ने प्रतिवद्धता जनाए । पुनले विभिन्न संघ संस्थासँगको समन्वयमा छाना वितरण गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार