विद्युतीय कारोबार ऐन खारेज गर्ने सञ्चारमन्त्रीको प्रतिवद्धता

  पहिलोपेज

 564 पटक हेरिएको

काठमाडौं, ५ बैशाख । सरकारका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विद्युतीय कारोबार ऐन खारेज गर्ने र नयाँ बन्ने कानुनमा प्रेस स्वतन्त्रतालाई सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आजै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको प्रतिनिधिमण्डले बुझाएको ज्ञापनपत्र बुझ्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटाले त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा प्रतिनिधि मण्डलसँग त्यस्तो प्रतिवद्धता जनाइएको उल्लेख छ । विद्युतीय कारोबार ऐन २०६३ को धारा ४७ र ४८ आकर्षित गरी पटकपटक देशभरका पत्रकारहरुलाई गिरफ्तार गर्न र मुद्दा चलाउन थालिएपछि उक्त ऐनको दफा ४७ र ४८ खारेज खारेज हुनुपर्ने मागसहित नेपाल पत्रकार महासंघले देशैभर आन्दोलनको घोषणा गरेकोे थियो ।

पछिल्लो समय विद्युतीय कारोबार ऐनअन्तर्गत ताण्डव न्यूज अनलाइन र ताण्डप साप्ताहिकका सम्पादक अर्जुन गिरीलाई पक्राउ गरेपछि महासंघले आन्दोलनको घोषणा गरेको थियो । यद्यपि, काठमाडौं जिल्ला अदालतको आदेशमा सम्पादक गिरी आज रिहा भएका छन् । आन्दोलनका क्रममा आज महासंघका जिल्ला शाखामार्फत देशका सबै जिल्ला प्रशासन कार्यालयमा १ घण्टा धर्ना दिइएको थियो ।

यसैबीच महासंघको आज बसेको उपलब्ध केन्द्रीय समितिको बैठकले अब बन्ने कानुनलाई प्रेस स्वतन्त्रतामैत्री बनाउनलाई दबाब अभियान जारी राख्ने निर्णय गरेको छ । बैठकले महासंघले घोषणा गरेको आन्दोलनमा ऐक्यवद्धता र सहभागिता जनाउने सञ्चारमाध्यम, पत्रकार र संघसंस्थालाई धन्यवाद पनि व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार