आजको राशिफलमा कस्तो लेखेको छ तपाईंको भाग्य ?

  पहिलोपेज

 460 पटक हेरिएको

वि.सं. २०७६ बैशाख ५ गते, बिहीबार । इश्वी सन् २०१९ अप्रिल १८ तारिख । शकसंवत १९४१ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । नेपाल संवत ११३९ चौलाथ्व । चैत्र शुक्लपक्ष ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्ने छ। प्रगतिमा इष्र्या गर्नेहरूले दुःख दिनेछन् । तापनि मिहिनेत गर्दा नतिजा सकारात्मक हुनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा जुट्ने समय छ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउने छ । बलभन्दा बुद्धिको उपयोगले समर्थवान् बनाउन सक्छ । गुमेको अधिकार पुनस्स्थापित गर्न सकिनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिभा प्रदर्शन गर्दै बौद्धिक उपलब्धि हासिल गर्न सकिने छ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउने छ । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । नयाँ काममा हात हाल्ने समय छ । केही संघर्ष गर्नुपरे पनि राम्रो फाइदा उठाउन सकिने छ । कृषिकर्म र व्यावसायिक काममा मनग्य लाभ हुनेछ । उद्योग र व्यापारमा पनि फाइदा हुनेछ । साथीभाइले साथ दिनेछन् । पशुधन र जमिनबाट लाभ हुनेछ । मान्यजनको सुझाव शिरोधार्य गर्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चुनौतीभित्र अवसर खोज्ने समय छ । नतिजा कमजोर देखिनाले काम दोहोराउनुपर्ने हुन सक्छ । तापनि प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गरे पनि लक्ष्य प्राप्त गर्न सफल भइनेछ । शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । छोटो समयमा राम्रो उपलब्धि हात पार्न सफल भइनेछ । लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिलेको संकल्प पूरा गर्ने समय छ । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । मिहिनेतले सम्मानित स्थान दिलाउने छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । काममा राम्रो सुरुवात हुनाले सोचेको नतिजा हातलागी हुनेछ । शुभचिन्तकहरूको साथ, सहयोग जुट्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ । दिगो योजनाका लागि ऋण लिने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । कर्जा बढे पनि धन प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । दिगो फाइदा हुने काम प्रारम्भ होला । साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ । सापटी रकम फिर्ता लिन मुश्किल पर्नेछ । उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ने हुनसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भ)
पुराना कामको चर्चा हुनेछ भने नयाँ अवसर पनि प्राप्त हुनेछ । विशेष भेटघाटले उत्साह जगाउने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कीर्तिमानी काम गर्ने समय छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा फाइदा हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेत परेपछि भाग्यले राम्रै अवसर दिलाउने छ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । टाढिएका मित्रगण नजिकिनाले प्रशन्नता मिल्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ । धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यस्तता बढ्नाले शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोराउनुपर्ने स्थिति आउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ । गोप्य रहस्य पत्ता लाग्नेछ भने मिहिनेत गर्दा नसोचेको धन लाभ हुन सक्छ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिस्थिति अनुकूल रहे पनि धनमाल हराउने डरले सताउन सक्छ । निम्तो आए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ । भौतिक सुविधाको सोखले खर्च निम्त्याउन सक्छ । बोली–व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । स्वास्थ्य प्रतिकूल रहे पनि समस्या दर्शाउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । प्रयत्न गर्दा भैपरी आउने समस्या सुल्झाउन सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार