प्रदेश ३ का मुख्यमन्त्रीले दिए प्रदेश २ का मुख्यमन्त्रीलाई एक करोडको चेक

  निरंजन साह

 719 पटक हेरिएको

जनकपुरधाम, ४ बैशाख । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतलाई बुधवार १ करोडको चेक हस्तान्तरण गरेका छन् । बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितको लागि प्रदेश नम्बर ३ का मुख्यमन्त्री पौडेलले उक्त चेक हस्तान्तरण गरेका हुन् ।

प्रदेश नम्बर ३ का मुख्यमन्त्री पौडेलले बुधबार प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री राउतलाई उक्त चेक हस्तान्तरण गरेका हुन् । गएको चैत १९ गते बारा र पर्सा जिल्लामा भीषण हावाहुरीका कारण २९ जनाको ज्यान गएको थियो भने ७ सयभन्दा बढी घाइते भएका थिए । हावाहुरीबाट प्रदेश २ को बारा र पर्सा जिल्लामा जनधनको ठूलो क्षति भएपछि प्रदेश नम्बर ३ सरकारले राहतस्वरुप एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो ।

चेक बुभ्mदै प्रदेश नम्बर दुईका मुख्यमन्त्री राउतले विपतको बेला सहयोग गरेकोमा प्रदेश नम्बर ३ का मुख्यमन्त्री र प्रदेश सभालाई धन्यवाद ज्ञापन गरेका थिए । यता, चेक हस्तान्तरण गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विपतको बखत एकअर्कालाई सहयोग गर्ने सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे । विपतमा आआफनो स्थानबाट एकअकौलाई सहयोग गर्नुपर्ने सन्देश मुख्यमन्त्री पौडेलले दिएका थिए ।

यसअघि प्रदेश ३ का मुख्यमन्त्री पौडेलले बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए । प्रदेश ३ का सांसदहरुको ३ दिनको तलब बराबर ४ लाख ६९ हजार ५० रुपैयाँ पनि मुख्यमन्त्री राहत कोषमा जम्मा गरेका छन् ।
बैंकमा जम्मा गरेको भौचर प्रदेश ३ की उपसभामुख राधिका तामाङले मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरेकी थिइन् ।

मुख्यमन्त्री पौडेलसँगै उपसभामुख तामाङ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रमेश शिवाकोटी, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशलकिशोर झा, प्रदेश २ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव कोमल खत्री लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार