ढिस्कोले पुरिएर १ जना घाइते, चालक र ट्रेक्टर प्रहरी नियन्त्रणमा

  पहिलोपेज

 1321 पटक हेरिएको

काठमाडौं, २९ चैत । तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का १४ वर्षीय निरज परियार बालुवाको ढिस्कोमा पुरिँदा घाइते भएका छन् । निरज घाइते भएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचार गरी कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहका अनुसार आज बिहान साढे ११ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मा बबई खोलाको किनारमा ट्रेक्टरमा बालुवा लोड गर्ने क्रममा बालक पुरिएका थिए । बालुवा लोड गरिन थालिएको रा १ त ३६३५ नम्बरको ट्रेक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार