गुल्मी जीप दुर्घटनामा पूर्वसांसदसहित ३ जनाको मृत्यु, ७ जना घाइते

  पहिलोपेज

 530 पटक हेरिएको

काठमाडौं, २८ चैत । गुल्मी जिल्लाको मुसीकोट नगरपालिका– १ चिहानडाँडामा जीप दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी पूर्वसांसदसहित ३ जनाको मृत्यु भएको छ ।

पछिल्लो पटक मृत्यु हुनेमा मालिका गाउँपालिका २ की २६ वर्षीया कौशिला थापा छिन् । दुर्घटनामा परी धुर्कोट गाउँपालिकाका ७२ वर्षीय रुद्रमणि शर्मा भण्डारी, ८ वर्षीय ओस्कर विक र मालिका गाउँपालिका– २ की २६ वर्षीया कौशिला थापाको मृत्यु भएको हो । मृतक रुद्रमणि शर्मा भण्डारी नेपाली कांग्रेसबाट निर्वाचित पूर्वसांसद हुन् । दुर्घटनामा २ जनाको घटनास्थलमै र १ जनालाई उपचारको लागि पाल्पा लैजाँदै गर्दा मृत्यु भएको थियो ।

दर्लिङबाट बुटवलतर्फ हिँडेको लु १ ज १९५७ नम्बरको जीप बिहीबार बिहान सडकबाट करिब १ सय मिटर तल खसेको थियो । १० जना सवारी बोकेको उक्त जीप दुर्घटनामा परी घाइतेहरु हुनेहरुमा मालिका गाउँपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय सूर्य थापा, गाडीचालक ३६ वर्षीय कमल पुरी, ३ वर्षीया कृतिमा थापा, ५ वर्षीय जेनिस थापा र १८ वर्षीय नरेन्द्र श्रीस छन् । घाइते हुनेहरुमा मुसिकोट नगरपालिका १ का ४० वर्षीय भोजबहादुर भट्टराई र ३८ वर्षीया रिमा भट्टराई पनि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार