केयूकेएलले छलाङ मारेर अघि बढ्नुपर्छ: खानेपानी मन्त्री मगर

  पहिलोपेज

 555 पटक हेरिएको

काठमाडौं, २७ चैत । खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) हिजोको जस्तो नभई तीब्रगतिले अघि बढ्नुपर्ने बताएकी छन् ।

केयूकेएलको सातौ वार्षिक साधारणसभा समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले केयूकेएलले अब छलाङ मार्नुपर्ने बताएकी हुन् । मन्त्री मगरले केयूकेएलप्रति जनताको धेरै आशा रहेको बताउँदै भनिन्, ‘‘जनताको स्वच्छ खानेपानीको अधिकारलाई केयूकेएलले पूरा गर्नुपर्छ । हिजोको जस्तो अवस्थाबाट यो चल्नु हुँदैन । पूरै छलाङ मार्नु पर्ने अवस्था आएको छ ।’’

केयूकेएलमा स्थानीय नगरपालिका, निजी क्षेत्र र सरकारको लगानी भएकाले खानेपानीमा पनि सुरक्षित लगानी छ भन्ने सन्देश केयूकेएलले दिनुपर्ने मन्त्री मगरको भनाइ थियो । केयूकेएल स्थापना भएको ११ वर्षपछि खानेपानी मन्त्री मगरले सबै शेयर धनीहरुलाई प्रमाणपत्र वितरण गरेकी थिइन् । साधारणसभाले केयूकेएलको जारी पूँजी १ अर्ब ५५ करोड पुराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार