सिराहामा ट्रक र मोटरसाइकल ठोकिँदा घटनास्थलमै ३ जनाको मृत्यु

  निरंजन साह

 824 पटक हेरिएको

जनकपुरधाम, २६ चैत । सिराहा जिल्लाको लहानमा एक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मंगलवार घटनास्थलमै ३ जनाको मृत्यु भएको छ ।

मंगलवार लहान नगरपाकिा वडा नम्बर १३ भोटियाटोल चौक नजिक पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिामतर्फ जाँदै गरेको ना ३ ख ७७७४ नम्बरको फुलडाला ट्रकले विपरीत दिशाबाट आइरहेको स ९ प ७३७८ नम्बरको १२५ सीसीको डिस्कभर मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकले ठक्कर दिएपछि मोटरसाइकलमा सवार तीनैजनाको घटनास्थलमै मुत्यु भएको हो ।

मृत्यु हुनेहरुमा लहान नगरपालिका वडा नम्बर ४ बस्ने २६ वर्षीय भोला सहनीका छोरा कृष्ण सहनी, २६ वर्षीय शिवनाथ सहनीका छोरा शिवकुमार सहनी र २५ वर्षीय छेदी मण्डलका छोरा मनोज मण्डल रहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । ठक्कर दिएको गाडी र गाडीचालक सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नम्बर ७ का नरबहादुर देउजाको छोरा वर्ष २९ को ध्रुव देउजालाई इलाका प्रहरी कार्यालय धनगढीको नियन्त्रणमा राखिएको छ । मोटरसाइल इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार