सरकारले संसदको अपमान र अवहेलना गरेको अध्यक्ष केसीको यस्तो कडा आरोप

  पहिलोपेज

 570 पटक हेरिएको

काठमाडौं, २४ चैत । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले सरकारले संसदको अपमान र अवहेलना गरेको आरोप लगाएका छन् ।

‘‘सरकारले जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिहरूका सन्तानहरूलाई वंशजको नागरिकता दिनू भनेर जारी गरेको सर्कुलरप्रति राष्ट्रिय जनमोर्चाले गम्भीर प्रकारको आपत्ति र विरोध प्रकट गर्दछ’’, अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘‘नागरिकता ऐनमा संशोधनसम्बन्धी विधेयक संसदमा विचाराधीन छ । त्यसका कैयौँ राष्ट्रघाती प्रावधानहरूका विरुद्ध देशव्यापीरूपमा नै आवाज उठिरहेको र आन्दोलन चलिरहेको छ । त्यो अवस्थामा त्यो विधेयकबारे संसदले निर्णय नगर्दै सरकारले त्यस प्रकारको सर्कुलर जारी गर्नु संसद समेतको अवहेलना र अपमान पनि हो ।’’

अध्यक्ष केसीले त्यो सर्कुलरको कार्यान्वयन रोक्न तथा त्यसलाई फिर्ता लिन सरकारसँग जोडदार माग पनि गरेका छन् । नागरिकता ऐनमा संशोधनका लागि विधेयक संसदमा विचाराधीन रहेकै अवस्थामा ‘जन्मका आधारमा नागरिकता प्राप्त गरेका सन्तानहरुलाई वंशजको नागरिकता दिनू’ भन्ने सर्कुलर जारी गरिएको समाचार सार्वजनिक भएपछि अध्यक्ष केसीको यस्तो आपत्ति आएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार