रोकेको जीप ड्राइभरबिनै अचानक आफै गुड्न थालेपछि…

  पहिलोपेज

 2917 पटक हेरिएको

काठमाडौं, २४ चैत । रोकिरहेको अवस्थामा रहेको बोलेरो जीप ड्राइभरबिना नै अचानक गुड्न थालेपछि के होला ? डोल्पाको सदरमुकाम दुनैको कालिका मन्दिरनजिक यस्तै भएको छ । रोकेको जीप ड्राइभरबिना नै अचानक गुड्न थालेपछि गाडीबाट हाम्फालेर दुईजनाले ज्यान बचाएका छन् ।

रोकिएको जीप आफै पछाडि ओरालोतर्फ खसेर दुर्घटनाग्रस्त भएको छ । रुपगाडबाट सदरमुकाम दुनैतिर हिँडेको भे १ च २९४३ नम्बरको बोलेरो जीप कालिका मन्दिरमा चालकले रोकेर पैसा साट्न सिटिजन्स बैँक गएका थिए । सोही समयमा जीप आफै २० मिटर पछाडि गुडेर सडकभन्दा करीव ३ मिटर तल तटबन्धमा पछारिएको थियो ।

अचानक जीप गड्न थालेपछि जीपमा सवार २ जनाले झयालबाट हाम्फालेर ज्यान बचाएका थिए । जीपको इन्जन बन्द नगरी न्यूट्रलमा राखेर चालक बाहिर जानु कानुन विपरीत भएकोले मानवीय क्षति नभए पनि चालकलाई कानुनबमोजिम कारवाही हुने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार