प्रदेश मन्त्री साहद्वारा पार्टीको झण्डा ओढाएर सम्मान

  निरंजन साह

 1095 पटक हेरिएको

जनकपुरधाम, २२ चैत । महोत्तरी जिल्लाको बलवा नगरपालिका– ८ का वडाध्यक्ष लोकेन्द्र महतोको ६५ वर्षको उमेरमा निधन भएको छ ।

महतो संघीय समाजवादी फोरम नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । समाजमा लोकप्रिय भएका कारण महतो यसअघि ३ पटक जननिर्वाचित वडाध्यक्ष बन्न सफल भएका थिए ।

उनी पञ्चायतकालमा दुईपटक, प्रजातन्त्रकालमा एकपटक र संघीय गणतन्त्र अर्थात बर्तमानमा एक गरी जम्मा ४ पटक वडाध्यक्ष बन्नु सफल भएका थिए । महतोको आकस्मिक निधनले बलबा नगरपालिकालाई अतुलनीय क्षति पुगेको छ ।

शुक्रबार श्रद्धाञ्जली सभामा प्रदेश नम्बर दुईका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव, आर्थिक मामिला मन्त्री विजय यादव, राष्ट्रिय जनता पार्टीकी प्रदेशसभा सदस्य सुरिता साह लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार