पूर्वप्रधानमन्त्री डा. भट्टराईद्वारा हावाहुरी प्रभावितलाई ५ लाख

  निरंजन साह

 531 पटक हेरिएको

काठमाडौं, २१ चैत । आइतबार बारा र पर्सामा आएको विनाशकारी हावाहुरीबाट प्रभावित भएकाहरुका लागि नयाँ शक्ति नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदेश नम्बर दुईका सरकारमार्फत ५ लाख नगद सहयोग गरेका छन् ।

डा. भट्टराईले बिहीबार भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनललाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । सो रकम मुख्यमन्त्री राहत कोषमा जम्मा हुने मन्त्रीले सोनलले बताए ।

आइतबारको आँधीबाट बारा र पर्सामा गरी २९ जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार