प्रधानमन्त्रीसँग सातै प्रदेशका मूख्यमन्त्रीहरुको भेटघाट

  पहिलोपेज

 394 पटक हेरिएको

काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातवटै प्रदेशका मुख्यमन्त्रीहरुले आज भेटघाट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका बिषयमा मुख्यमन्त्रीहरुसँग छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले नीति, कार्यक्रम र बजेटका बिषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिऊन भनेर सचेत रहनुपर्ने बताए ।

“कार्यक्रमहरु नदोहोरिऊन भनेर स्थानीय, प्रदेश र संघीय सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषदको बैठक आयोजना गर्नुपर्दछ । कुनै पनि कार्यक्रम एउटा मात्र निकायले सञ्चालन गर्नुपर्दछ”, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै १ नं प्रदेशका मूख्यमन्त्री शेरधन राईले भने ।

बैठकमा प्रधानमन्त्री ओलीले अन्तरप्रदेश समन्वय परिषद अघिल्लो बैठकले पास गरेका २९ बुँदाको कार्यान्वयन तदारुकताका साथ गरिने पनि बताए । प्रधानमन्त्री ओलीले आँधी पीडित बारा र पर्साकाका बासिन्दालाई राहत र पुनस्र्थापनाका लागि सबै प्रदेशलाई सहयोग गर्न पनि आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार