अर्जुनमिलन बनेर ‘अतीत’ फर्काउँदै डा. भीमार्जुन आचार्य

  पहिलोपेज

 1974 पटक हेरिएको

काठमाडौं, १९ चैत । अर्जुनमिलन उपनाममा गीत गाउने संविधानविद् डा. भीमार्जुन आचार्य अब ‘अतीत’ फर्किँदैछन् । संविधानविद् डा. भीमार्जुन आचार्यको चर्चित नामले ओझेल पारेको अर्जुनमिलन पनि अब उत्तिकै स्थापित भएको छ ।

उनै डा. भीमार्जुन अर्थात अर्जुनमिलन स्रोतामाझ गजल एल्बम लिएर आउँदैछन् । यही चैत २३ गते शनिवारका दिन १ बजे सर्वनाम थिएटर कालिकास्थान काठमाडौंमा अर्जुनमिलनको गजल एल्बम ‘अतीत’ लोकार्पण हुने भएको छ ।

गजल एल्बम ‘अतीत’मा ६ वटा गजल समेटिएका छन् । ‘फूललाई दुख्यो होला’ बोलको गजलमा शव्द नारायण नेपाल र सङ्गीत यादव योगीको रहेको छ । ‘मौनताको शहरमा’ बोलको गजलमा शव्द र स्वर गायक स्वयंकै रहेको छ । ‘एकान्तमा आँसु झार्दै’ बोलको गजलमा शव्द किरण खरेल र संगीत गायक स्वयंकै रहेको छ । ‘ओंठ तिम्रै गजल’ बोलको अर्को गजलमा शव्द डा. सनतकुमार वस्ती र संगीत दीपक जंगमको रहेको छ ।

त्यसैगरी सुनिल कोइरालाको शव्द र महेश खड्काको संगीत रहेको ‘जीवनको सार बल्ल’ गजल पनि यसको अर्को कोसेली रहेको छ । गायक अर्जुनमिलनकै शव्द÷संगीत रहेको ‘अतीतसँग आफूलाई’ बोलको गजल पनि यसमा कोसेली रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार