तुलसीपुरमा नमुना युवा संसद गठन गरिदैं

एकै दिन तीन वडामा क्लव गठन

  नारायण भण्डारी

 1060 पटक हेरिएको

तुलसीपुर ।
दाङको तुलसीपुरमा नमुना युवा संसदको अभ्यास सुरु गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले पारित गरेको युवा संसद सञ्चालन कार्यविधी २०७५ अनुसार उपमहानगरमा युवा संसद गठन प्रकृया अगाडी बढेको हो । उपमहानगरपालिका र जिल्ला युवा समिति दाङले मंगलबार देखि उपमहानगरका वडाहरुमा युवा क्लव गठन सुरु गरेका छन् ।

मंगलबार नगरका वडा नं. १, २ र ६ मा वडा स्तरिय युवा क्लव गठन गरिएको जिल्ला युवा समितिका अध्यक्ष शुरेस रावतले जानकारी दिए । वडा नं. ६ मा भएको युवाहरुको भेलाले मदन भुसालको अध्यक्षतामा १५ सदस्यीय युवा क्लव गठन गरिएको छ । क्लवको उपाध्यक्षमा दिवाकर खड्का, सचिवमा अस्मिता भण्डारी र कोषाध्यक्षमा सरस्वती भण्डारी रहेका छन् ।

युवा संसद सञ्चालन कार्यविधी २०७५ ले दिर्नेशन गरेका विभिन्न क्षेत्रका युवाहरु संलग्न रहेको वडा स्तरिय युवा क्लव गठन गरिएको रावतले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष नवराज लामिछानेको अध्यक्षतामा भएको युवा भेलाको सहजिकरण वडा सदस्य युवा कराराले गरेकी थिइन् ।

यस्तै वडा नं. २ मा यामेन्द्र वलीको अध्यक्षतामा १५ सदस्यीय वडा स्तरिय युवा क्लव गठन गरिएको छ । क्लवको उपाध्यक्षमा मिना चौधरी, सचिव सुमन वली र कोषाध्यक्ष माया चौधरी रहेको वडा अध्यक्ष राजु आचार्यले जानकारी दिए । यस्तै वडा नं. १ मा पनि १५ सदस्यीय युवा क्लव गठन गरिएको तुलसीपुर उपमहानगरपालिका प्रेस सल्लाहका बसन्त आचार्यले जानकारी दिएका छन् ।

तस्विर सौजन्य : बसन्त आचार्य

पहिलो चरणमा तुलसीपुर उपमहागरका १९ वटै वडाहरुमा १५ सदस्यीय युवा क्लव गठन गरिने रावतले जानकारी दिए । त्यसपछि हरेक वडा क्लवका पदाधीकारीहरुलाई युवा नीति, युथ भिजन र दिगो बिकास लक्ष्यका बिषयमा अभिमुखिकरण गरिने उनले बताए । युवाहरुलाई नमुना युवा संसद सञ्चालन र बार्षिक कार्यक्रम तयारीका बिषयमा प्रशिक्षण दिएपछि नमुना युवा संसद गठन गरिने रावतले जानकारी दिए ।

१९ वटा वडाहरुबाट २र२ जनाका दरले ३८ जना, नगर कार्यपालिकाले छनोट गरेका ७ जना र राजनैतिक दलहरुबाट ७ जना गरी ५२ जनाको युवा संसद गठन गरिने छ । यसरी गठन भएको युवा संसदले राष्ट्रपछि, उपराष्ट्रपछि, सभामुख छनोट गरी संसदीय अभ्यास गराउने युवा छनोट गरी संसदिय अभ्यास गराउने ।

वडा नं. ६ को युवा क्लवका पदाधीकारीहरु

हरेक बडाबाट २ र २ जना छनोट गरि र ७ जना नगर कार्यपालिकाले ७ जना छनोट गर्ने । दलहरु बाट ७ जना गरि ५० जनाको युवा संसद गठन गरी संसदीय अभ्यास गराउने युवा संसद सञ्चालन कार्यविधी २०७५ मा उल्लेख छ ।

देशभरका युवाहरुलाई नेतृत्व र नीति निमार्ण तह सम्म पु¥याउने उद्देश्यले युवा तथा खेलकुद मन्त्रालयले युवा संसद सञ्चालन कार्यविधी तयार पारेको हो । अघिल्लो बर्ष दाङको दंगिशरण गाउँपालिकामा युवा संसद तयार पारी संसदीय अभ्यास गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार