वक्त्तृत्व कला प्रतियोगिता ज्ञानदीप कलेज प्रथम

  नारायण भण्डारी

 935 पटक हेरिएको

तुलसीपुर ।
६२ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा दाङमा जारी सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार भएको वक्त्तृत्व कला प्रतियोगितामा तुलसीपुरको ज्ञानदीप कलेज प्रथम भएको छ । सप्ताहव्यापी कार्यक्रमको चौथो दिन सोमबार घोराहीमा भएको प्रतियोगितामा ज्ञानदीप कलेज तुलसीपुरका छात्र तेज कुमार डाँगी १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भएका हुन् ।

प्रतियोगिता अम्बिकेश्वरी क्याम्पसका छात्र दिपक भण्डारी दोश्रो र विद्या निलकण्ठ कलेजकी छात्रा खगिन्द्रा विष्ट तेश्रो भएकी छन् । प्रतियोगितामा जिल्लाका क्याम्पस, उच्च मा.वि. र सहकारी संघरसंस्था गरी १४ जनाले भाग लिएका थिए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) फिल्ड कार्यालय दाङले “दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी” विषयमा खुल्ला वक्त्तृत्व कला प्रतियोगिता भएको हो ।

नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्य अञ्जन कुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द प्रसाद शर्माले दिगो विकासको लक्ष्य प्राप्त गर्न सहकारी सबैभन्दा प्रभावकारी माध्यम भएको बताए । कार्यक्रमका प्रमुख अतिथि शर्माले यो लक्ष प्राप्ती गर्न सबै आ–आफ्नो क्षेत्रबाट डटेर लाग्नुपर्ने बताए ।

नेफ्स्कून फिल्ड कार्यालय दाङका इन्चार्ज वेद प्रसाद भट्टराईको सहजिकरणबाट सुरु भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रुप बहादुर खत्री, कृषि सहकारी संघ दाङका अध्यक्ष पद्या आचार्य, बहुउद्देयीय सहकारी संघका अध्यक्ष कृष्ण प्रसाद गौतम, पद्योदय क्याम्पस प्रमुख निश्चल आचार्य, नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दिप राज ढकाल, निर्णायक मण्डलका सदस्य शुसिल गौतम लगाएतकाले मन्तव्य राखेका थिए । कार्यक्रममा नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्य सुरेन्द्र बहादुर खड्काले स्वागत मन्तव्य राखेका थिए ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार