सहकारी सप्ताहको दोश्रो दिन

निबन्ध प्रतियोगिता र जेष्ठ नागरिकलाई उपभोग्य वस्तु बितरण

  नारायण भण्डारी

 795 पटक हेरिएको

तुलसीपुर ।

६२ औं राष्ट्रिय सहकारी दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत शुक्रबार दोश्रो दिन निवन्ध प्रतियोगिता र जेष्ठ नागरिकलाई उपभोग्य वस्तु बितरण गरिएको छ । सहकारी सप्ताहको दोश्रो दिन शुक्रबार जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा तुलसीपुरमा निवन्ध प्रतियोगिता गरिएको छ ।

‘दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने बिषयमा भएको प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिकाका ८ वटा सामुदायीक विद्यालयको सहभागिता थियो । प्रतियोगितामा जनकल्याण मावि दुधरास, अमर मावि उरहरी, सरस्वती मावि दमारगाउँ, मावि सेन्टर तुलसीपुर, कुटीचौर मावि, बालापुर मावि, बाल मितेरी मावि भोजपुर र गुरु जजुर मावि रक्षचौरका छात्ररछात्राहरु सहभागी भएका हुन् ।

प्रतियोको नतिजा चैत २० गते घोषणा गरिने र उत्कृष्ट हुने तीनजनालाई सोही दिन पुरस्कृत गरिने छ । जिल्ला बचत संघका अध्यक्ष रुपबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द प्रसाद शर्मा, लेखा संयोजक हेमराज गौतम, शिक्षकहरु गुरु प्रसाद गौतम, डिल्लीराज गौतम, पत्रकार बसन्त पौडेल, विद्यार्थी निर्मला वली लगायतले मन्तब्य राखेका थिए ।

जिल्ला बचत संघका सञ्चालक सदस्य दुर्गा प्रसाद भण्डारीको सञ्चालनबाट सुरु भएको कार्यक्रममा लेखा समिति सदस्य शेषमणी रिजालले स्वागत मन्तब्य राखेकाक थिए । यसैबीच शुक्रबार नै घोराहीको तेरौटे बृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई उपभोग्य सामग्री बितरण गरिएको छ ।

जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेड दाङको समन्वयमा १९ जना जेष्ठ नागरिकलाई दाल, चामल, चिनी, नुन, तेल, सावुन लगायतका सामग्री बितरण गरिएको जिल्ला सहकारी संघका सचिव शुक्रराज भण्डारीले जानकारीले जानकारी दिए ।

संघले १६ गते शनिबार लमही नगरपालिकाको रिहारमा रहेका गाईको सेवा गर्ने जनाएको छ । सहकारी अभियान्ताहरुको सहभागितामा गाईलाई घाँस, दाना, पानी खुवाउने, गोवर सोत्तर गर्ने सचिव भण्डारीले जानकारी दिए । यस्तै संघले १७ गते घोराहीमा रक्तदान गर्ने, १८ गते घोराहीमा नै दिगो विकास लक्ष प्राप्तीकालागि सहकारी बिषयक वक्तृत्वकला प्रतियोगिता गर्ने र १९ गते हाजिरिजवाफ प्रतियोगिता गर्ने उपाध्यक्ष अञ्जन कुमार पौडेलले जानकारी दिए । यस्तै २० गते जिल्लाका दशवटै पालिकाहरुमा झाँकी सहितको ¥याली र सभा गरी दिवसको समापन गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार