मुख्यमन्त्री पोख्रेलको प्रश्न, ‘जहाजको वैधानिकता नाप्ने निकाय कांग्रेस हो ?’’

  पहिलोपेज

 682 पटक हेरिएको

तुलसीपुर, १४ चैत । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले नेपाल एयरलाइन्सको वैधानिकता नाप्ने निकाय नेपाल सरकार भएको बताएका छन् । मुख्यमन्त्री पोख्रेलले प्रश्न गरेका छन्, ‘‘के जहाजको वैधानिकता नाप्ने निकाय कांग्रेस हो ?’’

टरिगाउँ विमानस्थलमा सञ्चालन भएकोे विमान वैधानिक नभएको भन्दै कांग्रेसका एक नेताले टिप्पणी गरेका थिए । कांग्रेस नेताले ‘गैरकानुनी उडान’ भनेर वक्तव्यवाजी गरेपछि मुख्यमन्त्री पोख्रेलले त्यसलाई ‘हतास मानसिकता’को संज्ञा दिएका छन् ।

‘‘काँग्रेसकै पालामा नेपाल सरकारले वैधानिकता दिएको विमान कसरी नेकपाको पालामा अवैधानिक भयो ?’’ मुख्यमन्त्री पोख्रेलले प्रतिप्रश्न गरे । तुलसीपुर उपमहानगरपालिकाले गरेको कामको प्रशंसा गर्दै मुख्यमन्त्री पोख्रेलले दैनिक उडान भइरहेकोमा खुसी व्यक्त गरे । तुलसीपुरमा विमान सेवा सञ्चालनबाट यहाँका जनताले राहत महसुस गरेको बताउँदै धावनमार्ग विस्तारका लागि प्रदेश सरकारले सहयोग गर्ने समेत बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार