बमकाण्डका मुख्य योजनाकार पूर्वसांसद साहसहित ७ जनालाई जन्मकैद निरंजन साह

  निरंजन साह

 897 पटक हेरिएको

जनकपुरधाम, १४ चैत । जनकपुरधाम बमकाण्डका मुख्य योजनाकार भनिएका तत्कालीन सांसद संजय साहलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

जन्मकैदको सजाय पाउनेमा सञ्जय साहसहित अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण र रिपेन्द झा रहेका छन् । २०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै मिथिला राज्य संघर्ष समितिले राखेको शान्तिपूर्ण धर्ना कार्यक्रममा बिस्फोट हुँदा ५ जनाको ज्यान गएको थियो भने अन्य ४० जना घाइते भएका थिए ।

शान्ति धर्नामा बसेकाहरुलाई लक्षित गरी गराइको बम विस्फोटमा परी चर्चित रंङ्गकर्मी रञ्जु झाका साथै स्थानीय झगरु मण्डल, दीपेन्द्र दास, विमलशरण दास र सुरेश उपाध्यायको मृत्यु भएको थियो । पाँच जनाको ज्यान जाने गरी भएको उक्त जनकपुर बमकाण्डको अन्तिम सुनुवाई आइतबारदेखि जिल्ला अदालत धनुषामा सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार