राजनीतिक पार्टीहरुको संरक्षणमा नै ठूलाठूला घोटाला : नेता पौडेल

  निरंजन साह

 537 पटक हेरिएको

जनकपुरधाम, १४ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक पार्टीहरुको संरक्षणमा नै देशमा ठूलाठूला घोटाला भइरहेको बताएका छन् । प्रदेश नम्बर दुईको राजधानी जनकपुरधाममा बिहीबार एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।

देशमा जेजति ठूला घोटालाहरु भएका छन् ती राजनीतिक सहयोगबिना असम्भव नरहेको भन्दै नेता पौडेलले राजनीतिक पार्टीहरुले भ्रष्टाचारीहरुलाई ओली सरकारले आफ्नो संरक्षणमा राखेको बताए । नेपाल प्रेस युनियन धनुषाको आयोजनामा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार लोकतन्त्र विरोधी रहेको आरोपसमेत लगाए ।

अहिलेको अवस्थामा अख्तियार र अदालतलाई समेत सरकारले आफ्नो इसारामा चलाइरहेको भन्दै नेता पौडेलले वाइडबडी प्रकरणमा अख्तियारलाई जति भ्रष्टाचारी देखाउनुपर्ने थियो त्यति नदेखाएको बताए । त्यस्तै वर्तमान सरकारले रोजगारीको कुरा मात्र गरेको तर रोजगारी सिर्जना गर्नको लागि सरकारले कुनै काम नगरेको नेता पौडेलले बताए । नेता पौडेलले भने, ‘रोजगारी भत्ता दिएर देश समृद्ध हुन सक्दैन । समृद्धिको लागि रोजगारीको सिर्जना गर्नुपर्छ तबमात्र देश समृद्ध हुन सक्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार