गोपाल किराँतीले आठौं महाधिवेशनबाट यस्तो बनाए एकता केन्द्र

  पहिलोपेज

 899 पटक हेरिएको

काठमाडौं, १ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र)को आठौं महाधिवेशन हालै सम्पन्न भएको छ । महाधिवेशनले पार्टीमा ९९ जनाको केन्द्रीय समिति रहने निर्णय गरेको छ ।

पछि थप गर्दै जाने गरी हाललाई बैकल्पिकसहित ५५ जनाको केन्द्रीय समिति, १८ जनाको राजनीतिक परिषद् र ६ जनाको पदाधिकारी चयन गरिएको अध्यक्ष गोपाल किराँतीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । महाधिवेशनले पदाधिकारीमा गोपाल किरातीलाई अध्यक्ष, तिलक थापामगरलाई उपाध्यक्ष, रंगनाथ ढकाललाई उपाध्यक्ष, कर्णजीत बुढाथोकीलाई महासचिव, राजन तिमल्सिनालाई सचिव र विनोद उपाध्यायलाई सचिवमा चयन गरेको छ ।

विज्ञप्तिका अनुसार केन्द्रीय समितिमा गोपाल किराती (सोलुखुम्बु), तिलक थापामगर (मोरङ), रंगनाथ ढकाल (कैलाली), कर्णजीत बुढाथोकी (हुम्ला), राजन तिमल्सिना (ललितपुर), बिनोद उपाध्याय (रुपन्देही), धनकुमारी मगर (उदयपुर), नरेश शाही (बाँके) र नरेन्द्र कटुवाल (सुनसरी) रहेका छन् । त्यस्तै, आलोक रायमाझी (अर्घाखाँची), डम्बर सुब्बा (धनकुटा), रोशन राना (सर्लाही), नारायण देउला (मकवानपुर), अनिल अधिकारी (धादिङ), टिपी. गौतम (काठमाडौं), मेघबहादुर खत्री (सिन्धुली), साहस राई (काठमाडौं), क्षितिज सुब्बा (तेह्रथुम), पासाङ तामाङ (सिन्धुपाल्चोक), गणेश भट्टराई (खोटाङ) पनि केन्द्रीय समिति सदस्य चुनिएका छन् ।

यसैगरी केन्द्रीय सदस्यमा सुमन राई (खोटाङ), कुमार याक्खाराई (सुनसरी), धु्रव थापा ‘दिवश’ (धनकुटा), रतन विक (कैलाली), ज्ञानेन्द्र बम (कैलाली), धरम थापा (कैलाली), मुक्तिनाथ चन्द (धादिङ), आश्मा चौधरी (बर्दिया), पोषराज खनाल (रुपन्देही), दिनेश चापागाई (कपिलबस्तु), रामप्रसाद मैनाली (काभ्रे), राज पाध्यावती (पाल्पा), सिंहराज विक (बाँके) पनि चयन भएका छन् । यस्तै, लिला खड्का ‘मिलन’ (झापा), अप्सरा निरौला (मोरङ), गंगाराम गोम्देन (धनकुटा), सुदर्शन राई (धनकुटा), नारायण राजबंशी (झापा), धनबहादुर लिम्बु (सुनसरी), कन्चन दाहाल (सुनसरी), बलराम पुन (रुकुम), धर्मराज बेडुवाल (कालिकोट), जनक कामी ‘सागर’ (कालिकोट) पनि केन्द्रीय सदस्यमा चयन भएका छन् । रंगमल रोकाया (हुम्ला), विकास तिरुवा (कैलाली), कृष्ण खड्का (दैलेख), प्रकाश बनेम (ताप्लेजुङ), अमृता रावल (लम्जुङ), बल्लु ठाकुर (रौतहट), विजय गौतम (रुपन्देही), कृष्ण बोहोरा (सुर्खेत), कमला जैसी (कैलाली), सुनिता राई (भक्तपुर), लुकमान मंसुरी (सुनसरी) र धर्मराज सञ्जेल ‘धु्रव’ (कैलाली) पनि केन्द्रीय सदस्यमा चयन भएका छन् ।

यसैगरी राजनीतिक परिषद्मा गोपाल किराँती, तिलक थापामगर, रंगनाथ ढकाल, कर्णजीत बुढाथोकी, राजन तिमल्सिना, विनोद उपाध्याय, धनकुमारी मगर, नरेश शाही, नरेन्द्र कटुवाल, आलोक रायमाझी, डम्बर सुब्बा, सिंहराज वि.क., टिपी. गौतम, लिला खड्का, नारायण राजवंशी, बलराम पुन, धर्मराज बेडुवाल र मेघबहादुर खत्री चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार