२०७६ मा धर्म, संस्कृति र भौगोलिक क्षेत्रअनुसारका यस्ता सार्वजनिक विदा

  पहिलोपेज

 982 पटक हेरिएको

काठमाडौं, १ चैत । सरकारले धर्म, संस्कृति, भौगोलिक क्षेत्र, स्थान विशेषका लागि पनि छुट्टै सार्वजनिक विदा दिएको छ । गृहमन्त्रालयले शुक्रवार राजपत्रमा सूचना प्रकाशित गरी यस्ता विदाको जानकारी गराएको हो ।

देशैभर दिइने वर्षभरका १५ दिनको सार्वजनिक बिदाबाहेक धर्म, संस्कृति र भौगोलिक क्षेत्रअनुसारका विदामा काठमाडौं उपत्यकामा ४ वटा जात्राको दिन विदा दिइएको छ । जसअनुसार साउन ३१ गते शुक्रवार गाईजात्रा, भदौ २७ गते शुक्रबार इन्द्रजात्रा, चैत ११ गते मंगलबार घोडेजात्रा र मत्येन्द्रनाथको भोटो देखाउने जात्राको दिन विदा दिइएको छ ।

यसैगरी कार्तिक २५ गते सोमबार फाल्गुनन्द जयन्तीमा किराँत धर्मावलम्बीलाई र कार्तिक २६ गते मंगलबार गुरुनानक जयन्तीमा नेपाली शिख धर्मावलम्बीलाई विदा दिइएको छ । किरात, राई, याख्या, सुनुवार, लिम्बु जातिले उभौली पर्व– चण्डी पूर्णिमा (बैशाख पूर्णिमा)का दिन जेठ ४ गते शनिबार विदा पाउने छन् । किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही– ज्यापु दिवस (मंसिर पूर्णिमा, धान्य पूर्णिमा) का दिन मंसिर २६ गते बिहीबार उनीहरुलाई सार्वजनकि विदा दिइएको छ ।

सुदूरपश्चिम क्षेत्रमा गौरा पर्वका दिन भदौ ६ गते शुक्रबार विदा हुनेछ । मधेसमा कार्तिक १६ गते शनिबार छठ पर्वको विदा हुनेछ । इस्लाम धर्मावलम्बीहरुले इद (इदुल फित्र) र इदुल (इदुल जोहा)का दिन बिदा पाउने छन् । इसाई धर्मावलम्बीलाई क्रिसमस डेमा पुस ९ गते बुधबार विदा हुनेछ ।

गुरुङ समुदायले तमु ल्होसारमा पुस १५ गते मंगलबार बिदा पाउने छन् । माघे संक्रान्तिमा माघ १ गते बुधबार थारु, मगर, छन्त्याल जातिलाई विदा दिइएको छ । तामाङ समुदायले माघ ११ गते शनिबार सोनम ल्होसारमा विदा पाउनेछन् ।

हिमाली आदिवासी शेर्पाहरुले ग्याल्बो ल्होसारको दिन फागुन १२ गते सोमबार विदा पाउनेछन् । त्यस्तै झापा, मोरङ सुनसरी, सिराहा, सप्तरी जिल्लाहरुमा सिरुवा पावनी पर्व मनाइने दिन विदा दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार