माध्यमिकी परिक्रमा शुक्रबार दशौं दिन धनुषाको धनुषाधाममा

  निरंजन साह

 415 पटक हेरिएको

जनकपुरधाम, १ चैत । मिथिलाञ्चलको बहुचर्चित साँस्कृतिक उत्सव १५ दिने मिथिला माध्यमिकी परिक्रमा शुक्रबार दशौं दिन धनुषाको धनुषाधाम विश्राम लिएको छ ।

विहीबार धनुषाको पर्वता आइपुगेको परिक्रमाको धार्मिकअनुसार दशौं दिन शुक्रबार बिहान केही किलोमिटरको दूरीमा रहेको धनुषाधाममा विश्राम लिएका छन् ।

धनुषाको ठेरा कचुरीस्थित मिथिला बिहारीको मठबाट उठेको किशोरीजीको डोला जनकपुरको हनुमानगढी हुँदै भारतको कल्याणेश्वर, गिरिजास्थान अर्थात फूलहर हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता हुँदै आज धनुषाधाम आएको हो ।

बाजागाजासहित गाडी, घोडा लिएर सहभागी भक्तजन श्रद्धालुहरु हजारौंको सँख्यामा १५ दिने माध्यमिकी परिक्रमामा सहभागी हुने गरेका छन् । उनीहरुले शुक्रबार विहान ऐतिहासिक धनुषाधाममा विश्राम लिएका हुन् ।

धनुषाधाम नगरपालिकाभित्रै पर्ने दुईवटा विश्वरामस्थल पर्वता र धनुषाधामको लागि स्थानीय तहको सहयोगमा केही सक्रिय युवाहरुलाई सुरक्षा तथा स्वागतको दृष्टिकोणले सक्रियरुपमा परिचालन गरिएको छ ।

परिक्रममा धार्मिक रीतिरिवाजअनुसार शनिबार धनुषाको सप्तपोखर अर्थात सतोषर कुशमाहाको लागि छुट्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार