दश वर्षे जनयुद्धले जनवादी क्रान्ति पूरा गर्योः योगेश भट्टराई

  पहिलोपेज

 525 पटक हेरिएको

काठमाडौं, ३० फागुन । वाइसिएल नेपालले आयोजना गरेको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा बोल्दै नेकपा नेता योगेश भट्टराईले दस वर्षे जनयुद्धले नेपालको जनवादी क्रान्ति पूरा गरेको दावी गरेका छन् ।

सहिद तथा वेपत्तालाई स्मरण गर्दै नेता भट्टराईले ‘पार्टी एकता र नेपालको कम्युनिष्ट आन्दोलन एकीकृतरुपमा नेपालको समस्या समाधान र विकास तथा समृद्धिको बाटोमा लाग्न प्रेरित गर्ने समेत दाबी गरे । उनलले थप्दै भने, ‘‘कम्युनिष्ट मात्रै नभएर मधेसी समुदाय समेत गोलबद्ध हुन थालेका छन् ।’’

जनताको जनवादले सामाजिक विभेद हटाउन र समाजवादी कार्यदिशातिर जान सहयोग गर्ने बताए । उनले विप्लवतिर इंगित गर्दै केही मान्छेहरु क्रान्तिको नाममा भ्रम छर्न लागेको र यस्ता क्रान्तिको आवश्यकता नरहेको ठोकुवा गरे ।

जनताको विश्वास र समर्थन कायम गर्ने चुनौती नेकपासँग खडा रहेको भन्दै उनले क्रान्तिका उकाली ओराली पार गर्न दृढ भएर अगाडि बढ्ने प्रतिबद्धता समेत जाहेर गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार