राप्रपाको मेचीमहाकाली स्वाभिमान यात्रा काठमाडौं प्रवेश

  पहिलोपेज

 317 पटक हेरिएको

काठमाडौं, ३० फागुन । राप्रपाले सञ्चालन गरेको मेचीमहाकाली राष्ट्रिय स्वाभिमान यात्रा अहिले काठमाडौं उपत्यका प्रवेश गरेको छ । काठमाडौंको नागढुङ्गामा काठमाडौं जिल्लाले मोटरसाइकल र्यालीसहित भब्य स्वागत गरेको छ ।

पोखराबाट हिजो स्वाभिमान यात्रा तनहुँ र धादिङको विभिन्न स्थानमा सभा गरी काठमाडौं उपत्यका प्रवेश गरेको हो । हिजै ललितपुरको जावलाखेलमा कोणसभा गरिएको राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

ताप्लेजुङबाट गत फागुन १५ गतेदेखि शुरु भएको यात्रा महाकालीको कञ्चनपुर पुगी पाल्पा, स्याङ्जा, कास्की, तनहुँ हुँदै काठमाडौं पुगेको हो । यात्राको समापन चैत १ गते भक्तपुरमा सभा गरी कलश यात्राका साथ भृकुटीमण्डपमा सभा हुने सहायक महामन्त्री बर्तौलाले बताए ।

सभालाई राप्रपा अध्यक्ष कमल थापा लगायत शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । राप्रपाले २२ बुँदे ज्ञापनपत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएर आन्दोलनको घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार