साकोषको प्रदेश भेला दाङमा

१२ जिल्लाका सहकारीकर्मी एकै ठाउँमा

  नारायण भण्डारी

 575 पटक हेरिएको

तुलसीपुर ।
नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) मा आवद्ध पाँच नं. प्रदेशका सहकारीकर्मीहरु दाङमा भेला भएका छन् । साकोष ५ नं. प्रदेश उपसमितिले आयोजना गरेको पालिका स्तरिय छलफल कार्यक्रममा सहभागी हुन ११ जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका अगुवाहरु दाङमा जम्मा भएका हुन् । पाँच नं. प्रदेशका ११ वटै जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाका अगुवाहरु मंगलबार दाङ आइपुगेको बचत तथा ऋण सहकारी जिल्ला संघ दाङका अध्यक्ष रुप बहादुर खत्रीले जानकारी दिए ।

नेफ्स्कुन प्रदेश नं. ५ उपसमितिले बुधबार विहान तुलसीपुरमा र दिउसो घोराहीमा सहकारी कानुन कार्यान्वयनमा सम्भावना र चुनौती बिषयक अन्र्तक्रिया कार्यक्रम गर्दै छ । तुलसीपुर उपमहानगरपालिका सहित दंगिशरण, बबई र शान्तिनगर गाउँपालिकाका जनप्रतिनिधीहरु सँग तहगत कानुन कार्यान्वयनका बिषयमा अन्र्तक्रिया गर्ने छ । त्यस्तै दिउसो घोराहीमा ६ वटा पालिकाका जनप्रतिनिधीहरु सँग सोही बिषयमा अन्र्तक्रिया कार्यक्रम गरिने जिल्ला बचत संघका उपाध्यक्ष हुमा डिसीले जानकारी दिइन् ।

१२ जिल्लाका करिव १ सय ५० जना सहकारी कर्मीहरुका बीचमा बचत तथा ऋण सहकारी संस्थाको एकीकरण गोष्ठी पनि सञ्चालन हुने अध्यक्ष खत्रीले जानकारी दिएका छन् ।
यसैबीच
नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष डिवी बस्नेतले सहकारी संस्थाहरु एकीकरण गर्नुको विकल्प नभएको बताएका छन् । मंगलबार तुलसीपुरमा अयोजीत पत्रकार भेटघाट कार्यक्रममा बस्नेतले स–साना सहकारीहरुलाई एकीकरण गरेर विशाल सहकारी बनाउनु पर्ने बताएका हुन् ।

‘साना– साना सहकारीले सदस्यको माग अनुसारको पूँजी निमार्ण गर्न सक्दैन, यसले सदस्यहरुलाई बैङ्क जानैपर्ने बाध्यता कायमै रहन्छ, दोहोरो सदस्यताको अन्त्यका लागि पनि सहकारी एकीकरण नगरी हुँदैन,’ उनले भने । कार्यक्रमका प्रमुख अतिथि बस्नेतले आफूले दोलखाको जिरीमा ११ वटा सहकारीलाई एकीकरण गरेर देशमै नमुना संस्था बनाएको चर्चा गर्दै सहकारी संस्थाको एकीकरणकालागि अभियान्ताहरु नै अगाडी सर्नुपर्नेमा जोड दिए ।

जिल्ला बचत संघ दाङका अध्यक्ष रुप बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष परितोष पौडेलले सहकारी क्षेत्रको आर्थिक जोखिम कम गर्न स्थानीय तहहरुसँग सहकार्य गरेर जाने योजना रहेको बताए । बचत संघ दाङका सदस्य दुर्गा प्रसाद भण्डारीको सञ्चालनबाट सुरु भएको कार्यक्रममा उपाध्यक्ष हुमा डिसीले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन् ।

यस्तै

नेपाल उद्योग बाणिज्य महासंघका सदस्य समेत रहेका बस्नेतलाई तुलसीपुर उद्योग बाणिज्य संघले स्वागत गरेको छ । संघका अध्यक्ष बिरु वातको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा बोल्दै बस्नेतले नीजि क्षेत्रको नेतृत्व गरेका ब्यक्तिले सहकारी क्षेत्रमा पनि कुशल नेतृत्व गर्न सक्ने बताए । कार्यक्रममा संघका पूर्व अध्यक्ष विमल रिजाल, महासचिव रुप बहादुर खत्री लगायतले भनाइ राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार