अपारदर्शी र हचुवाको भरमा सहमति : शान्ति समाज

  पहिलोपेज

 1040 पटक हेरिएको

काठमाडौं, २५ फागुन । मानवअधिकार तथा शान्ति समाजले फागुन २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा र चन्द्रकान्त राउत (डा.सिके राउत)बीच भएको ११ बुँदे सहमतिलाई अपारदर्शी र हचुवाको भरमा भएको सहमति बताएको छ । सभापति उत्तम पुडासैनीले विज्ञप्ति जारी गर्दै त्यस्तो धारणा राखेका हुन् ।

‘‘डा. सिके राउत र निजसम्बद्ध समूुहले विखण्डनको अभियान र घृणाको शैली परित्याग गरेको हो भने स्वागतयोग्य मान्नुपर्छ । तर डा. राउतले विखण्डनको अभियान परित्याग गरेको स्पष्ट प्रतिवद्धता उल्लेख भएको पाइएन’, विज्ञप्तिमा भनिएको छ । ‘‘सहमतिको दोस्रो बुँदालाई उद्धृत गर्दै सहमतिको आडमा सिके राउतले सामाजिक सञ्जाल (फेसबुक लगायत)मार्फत जनमत संग्रहमा सहमति भएको प्रचार आपत्तिजनक एवं निन्दनीय छ भन्दै विज्ञप्तिमा यस्तो प्रचारका लागि ठाँउ दिएर सरकारले गम्भीर भुल गरेको ठहर शान्ति समाजको रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा यस्तो संवेदनशील विषयमा राज्यका तर्फबाट अपारदर्शी ढंगले हचुवा तवरमा सहमति भएको बताइएको छ । त्यस्तै, डा. सिके राउत र निज आवद्ध समूहले विखण्डनको अभियान परित्याग गरेको हो होइन स्पष्ट गर्न सम्बन्धित पक्षलाई शान्ति समाजले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार