हिन्दूराष्ट्र र राजसंस्थाको मुद्दामा धोका नहुने कमल थापाको दावी

  पहिलोपेज

 506 पटक हेरिएको

कृष्णनगर, २३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र र राजसंस्थाको मुद्दा कुनै हालतमा छाड्न नसकिने स्पष्ट पारेका छन् । मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको नवौ दिन कपिलवस्तुको कृष्णनगरमा आज बिहान सम्बोधन गर्दै अध्यक्ष थापाले उक्त कुरा बताएका हुन् ।

सिद्धान्त र आदर्शको राजनीतिलाई उच्च प्राथमिकतामा राख्दै आगामी राजनीति अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरे । मुलुकमा ब्याप्त भ्रस्टाचार र बेथितिप्रति थापाले तिखो प्रहार गर्दै भने, ‘मुलुकमा ब्रम्हलुट छ । यसको अन्त्यको लागि जनता जाग्नुपर्छ ।’

मधेसी जनताको हकहित र समृद्धितर्फ भन्दा पनि भोटको राजनीति मात्र हुनु दुःखद् भन्दै थापाले राष्ट्रिय एकता र अखण्डताको निमित्त मधेसी जनताले सिमामा बसेर खेलेको भूमिकाको उच्च प्रशंसा गरे । ०६२÷६३ को आन्दोलनको त्रुटिपूर्ण मार्गचित्रले देशलाई समस्याको दलदलमा फसाएको उनको आरोप थियो ।

आज कृष्णनगरबाट विभिन्न स्थानमा सानोठूलो सभा गर्दै यात्रा सुर्खेत पुग्ने कार्यक्रम रहेको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार