सल्यानमा विप्लवका जिल्ला नेता गिरफ्तार

  पहिलोपेज

 505 पटक हेरिएको

सल्यान, २३ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानका जिल्ला सदस्य मदन केसी गिरफ्तार भएका छन् । मदन केसी उर्फ ‘वैज्ञानिक’लाई राप्ती बन्दको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

नेकपाले आज राप्ती बन्दको आव्हान गरेको छ । बन्द गर्दै सडकमा हिँडेको अवस्थामा श्रीनगर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गिरिराज भण्डारीले जानकारी दिए ।

अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष टंकप्रकाश केसीले सडकमा हिडिरहेको अवस्थामा पक्राउ गरिएको दावी गरेका छन् । उनले गिरफ्तार केसीलाई यथाशीघ्र रिहा गर्न मागसमेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार