सुदूरपश्चिमका राहत शिक्षकहरुले गुहारे खानेपानी मन्त्री, समस्याको समाधानका लागि पहल गर्न आग्रह

  पहिलोपेज

 276 पटक हेरिएको

काठमाडौं, २२ फागुन । देशभरका सामुदायिक विद्यालयका राहत र बालविकास शिक्षकहरू काठमाडौँमा आन्दोलनरत रहेकै बेला सुदुरपश्चिमका राहत तथा बालविकास शिक्षकहरुले बुधबार खानेपानी मन्त्री बिना मगरसँग भेट गरेका छन् । उनीहरुले आफ्ना माग तथा गुनासाहरु सम्बोधन गराउन पहल गर्न ध्यानाकर्षण गराएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटघाटमा सुदूरपश्चिमका राहत तथा बालविकास शिक्षकहरुको प्रतिनिधिमण्डलले आफूहरुले उठाएका मागहरु सम्बोधन गराउन पहल गर्न खानेपानी मन्त्रीको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले संघीय शिक्षा ऐनले आफूहरुको अधिकार खोसिन लागेको गुनासो गर्दै खानेपानी मन्त्रीसमक्ष तत्काल वार्ताको वातावरण बनाउन पहल गरिदिन माग गरेका छन् । संघीय शिक्षा ऐनको ड्राफ्टमा स्थायी व्यवस्थापन गर्ने कुनै पनि प्रक्रिया नराखिएको कारण आन्दोलन गर्नुपरेको उनीहरुको भनाई थियो ।

भेटमा खानेपानी मन्त्री बिना मगरले राहत तथा बाल विकास शिक्षकहरुले उठाएका मागप्रति आफू सकारात्मक रहेको प्रतिक्रिया दिएकी थिइन् । बालबालिकाको भविष्य निर्माणमा बाल विकास शिक्षकहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै मगरले सदन र मन्त्रीपरिषद् बैठकसमक्ष कुरा राख्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार