गृहजिल्ला पुगेर कमल थापाले दिए तेस्रो जनआन्दोलनको लागि यस्तो चेतावनी

  पहिलोपेज

 412 पटक हेरिएको

काठमाडौं, २१ फागुन । राप्रपाले आयोजना गरेको मेचीमहाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज सातौं दिन मकवानपुर पुगेको छ । विभिन्न झाँकी, बाजागाजा, बृहत् जनसहभागितासहित नगर परिक्रमा गरी कार्यक्रम सम्पन्न गरिएको छ ।

राप्रपा अध्यक्ष कमल थापाको गृहजिल्ला मकवानपुरमा बोल्दै अध्यक्ष थापाले तेस्रो जनआन्दोलनको चेतावनीसमेत दिए । उनले मकवानपुरवासीले आफूलाई माया गर्ने तर भोट भने नदिएको तीतो समेत पोखेका थिए ।

अध्यक्ष थापाले जुनसुकै परिस्थिति आए पनि नेपाललाई हिन्दूराष्ट्र कायम गराएरै छाड्ने प्रतिवद्धता पनि व्यक्त गरे । ‘‘हामीले उठाएका माग पूरा नगरे तेस्रो जन आन्दोलन हुनसक्छ’’, अध्यक्ष थापाले चेतावनी दिए । उनले सरकारले लोकतन्त्रको आडमा लुटतन्त्र मच्चाएको र भ्रष्टाचारीलाई कारवाही गर्नुको सट्टा गुपचुप गराई भ्रष्टाचारीलाई झन प्रोत्साहन गरेको आरोप लगाएका थिए ।

राप्रपा नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले कमल थापा मकवानपुरको हुनु मकवानपुरवासीको लागि गर्वको कुरा रहेको बताए । उनले मकवानपुरवासीले हरिणले जस्तै आफ्नो गन्ध थाहा नपाएर अन्यत्र खोजेजस्तै मकवानपुरवासीले कमल थापा नचिनेर अरु खोज्दै हिडेको उल्लेख गरे । नेता लिङ्देनले पहिले जेजस्तो भएपनि भबिष्यमा साथ र सहयोग पाउने विश्वास रहेको जानकारी गराएका थिए ।

नेता बुद्धिमान तामाङले हिन्दूराष्ट्र पुनःस्थापनाको लागि मकवानपुरको महत्वपूर्ण भूमिका रहने बताएका थिए । मेचीमहाकाली स्वाभिमान यात्रा यही फागुन ३० गते काठमाडौंमा विशाल आमसभा गरी समापन हुने राप्रविसंका महासचिव जनक फडेराले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार